Rule 47
सामुदायिक वनको लगत राख्नु पर्ने,
(१) डिभिजनल वन अधिकृतले सामुदायिक वन उपभोक्ता समूहलाई हस्तान्तरण गरेका सामुदायिक वनको लगत अच्चावधिक गरी राख्नु पर्नेछ।

(२) उपनियम (१) बमोजिम लगत राख्दा सामुदायिक वन उपभोक्ता समूहको नाम, ठेगाना, उपभोक्ता समूहको कोड, दर्ता मिति, उपभोक्ता घरधुरी सङ्ख्या, कार्यसमितिमा रहेका महिला, (पुरुष, आदिवासी जनजाति, मधेशी र दलितको सङ्ख्या, वनको क्षेत्रफल, वनको किसिम, वनमा पाइने मुख्य रुख तथा जडीबुटी प्रजाति आदि विवरण सामुदायिक वन उपभोक्ता समूहको तथ्याङ्क कोड अनुसार हुने गरी राख्नु पर्नेछ। सामुदायिक वन उपभोक्ता समूहको कोड विभागले अच्चावधिक गर्नेछ।

(३) उपनियम (२) बमोजिमको लगत डिभिजनल वन अधिकृतले विभागले तयार गरेको सामुदायिक वनको डाटाबेसमा प्रविष्ट गर्नु पर्नेछ।